राष्ट्रिय फुटबल टिमको अन्तरिम प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त



काठमाडौं । नवीन न्यौपाने नेपाली राष्ट्रिय फुटबल टिमको अन्तरिम प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले न्यौपानेलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो ।

न्यौपानेलाई एन्फाका महासचिव किरण राईले नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । त्यस्तै चेतन घिमिरे असिस्टेन्ट प्रशिक्षक नियुक्त भएका छन् भने नवीन महर्जन गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्