सत्तारुढ दलको निष्कर्ष : रवि प्रकरणमा रास्वपाका गतिविधि लोकतान्त्रिक दृष्टिकोणले उचित भएन



काठमाडौं । सत्ता साझेदार दलहरूले सडकमा भीड जम्मा गरेर सहकारी ठगी प्रकरणको छानबिन प्रक्रियालाई प्रभावित गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गतिविधि लोकतान्त्रिक दृष्टिकोणले उचित नभएको निष्कर्ष निकालेका छन् ।

सरकार गठनको सय दिन पूरा भएको अवसरमा बुधबार प्रधनमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूको बैठकले सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले पोखरामा गरिरहेको आन्दोलन उचित नभएको निष्कर्ष निकालेको हो ।

‘स्वाभाविक रुपमा छानबिन र न्यायिक निरुपणको आफ्नो विधि र प्रक्रिया हुन्छ । त्यसअर्थमा छानबिन प्रक्रिया अगाडि बढिरहेका बेला सडकमा भीड जम्मा अदालतलाई प्रभावित गर्ने हिसाबले गतिविधि गर्ने कुरा लोकतान्त्रिक दृष्टिकोणले उचित कुरा होइन,’ बैठकमा सहभागी नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने ।

उनले संसद्ले नै छानबिनका लागि निर्देशन दिएको अवस्थामा सहकारी ठगी प्रकरणको प्रक्रिया अगाडि बढेको विषयलाई रास्वपाले सहज रूपमा लिनुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्