१८ अंकले घट्यो परिसूचक



काठमाडौं । सेयर बजारको गिरावटले निरन्तरता पाएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक नेप्से १८.२५ अंक घटेर २६२७ मा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।

अघिल्लो दिन ६ अर्ब २७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४१ करोडमा खुम्चियो । यस दिन ६७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ७ को स्थिर रह्यो ।

आज पनि बैंकिङ समूहले नै बजार झार्नलाई बल पुग्यो । नेप्से परिसूचक ०।६८ प्रतिशत मात्रै झर्दा बैंकिङ समूह भने १.०२ प्रतिशत घट्यो । त्यस्तै विकास बैंक ०.७९, फाइनान्स ०.८८, होटल तथा पर्यटन ०.८७, लगानी ०.९२, जीवन बीमा ०.५२, उत्पादन १.२६, माइक्रोफाइनान्स ०.८१, निर्जीवन बीमा ०.६०, अन्य ०.६५ र व्यापार समूह १.९३ प्रतिशत घटे । हाइड्रोपावर समूह भने ०.३६ प्रतिशत हरियो रह्यो ।

प्रतिक्रिया दिनुहोस्