सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे सर्वसम्मत अनुमोदित



काठमाडौं । सर्वोच्च अदालतका दुईजना प्रस्तावित न्यायाधीशहरूको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्म अनुमोदन गरेको छ ।

बिहान ११ बजेदेखि बसेको संसदीय सुनुवाइ समितिको बैठक दुवैजनाको नाम सर्वसम्म अनुमोदन गरेको हो ।

न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सुनुवाइपछि यस्तो निर्णय भएको हो ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलस्थित भवन नम्बर २ को कोठा नम्बर ३०१ मा बसिरहेको बैठकमा दुवै प्रस्तावित न्यायाधीशहरूले कार्ययोजना सांसदहरूलाई सुनाएका थिए। त्यसपछि उनीहरूको नाम सर्वोच्चको न्यायाधीशमा अनुमोदित भएको हो।

यसअघि कात्तिक १४ गते सुनुवाइ गर्ने तालिका थियो । त्यसबेला अड्किएको सुनुवाइ शुक्रबार अघि बढेको थियो । सुनुवाइ समितिले गत असोज १५ गते सूचना निकालेर न्यायाधीशहरूविरुद्ध उजुरी मागेको थियो ।

प्रतिक्रिया दिनुहोस्