दीपक मनाङ्गे डिल्लीबजार कारागार चलान



काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएपछि पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे) डिल्लीबजार कारागार चलान भएका छन् ।

मंगलबार काठमाडौंको सानो भर्‍याङबाट पक्राउ परेका मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो ।

त्यसपछि ज्यान मार्ने उद्योग गरेको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयनका लागि उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।

२०६१ वैशाख ३१ गते काठमाडौंमा चक्रे मिलन नामका अर्का गुन्डा नाइके मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरि ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङेलाई उच्च अदालत पाटनले ५ बर्ष कैद तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्