काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन् ।
यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि महर्जनले आज पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा.सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन उम्मेदवार छन् ।
एकीकृत समाजवादी र नेसपाको महिन्द्रराय यादव समूहले भने कीर्तिपुरको मेयर पदमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।