काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । जुन शुक्रबारको तुलनामा १ सय रुपैयाँले कम हो ।
कात्तिक १५ मा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च बिन्दुमा पुगेको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसयता लगातार घट्दै आएको सुनको मूल्य आजसम्म झण्डै ११ हजार रुपैयाँले घटिसकेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा स्थिर छ ।