कञ्चनपुर । वेदकोट नगरपालिका—६ घुर्सुवाका हरिराम चौधरीले १० विघा जमिनमा पोखरी निर्माण गरेर माछापालन गरिरहेका छन् । डेढ दशकअघिसम्म खेतमा धान, गहुँखेती गर्नु हरिरामको परवार मुख्य काम थियो ।
विसं २०६५ मा हरिरामका बुवा चन्द्रलाले धान खेतीमा माछापालन थालेका थिए । माछा बिक्रीबाट राम्रो आम्दानी हुनथालेपछि चन्द्रलाल धान, गहुँखेती छाडेर माछापालनतर्फ लागे । सुरुवातमा बुबाले धानखेती हुँदै एक/दुई पोखरीमा माछा पाल्नुभयो, पछि विस्तार गरेर १ं० विघा जमिनमै पोखरी निर्माण गरियो, हरिरामले भने ।
विसं २०७२ मा बुबा चन्द्रलालको निधन भएपछि व्यवसायको बिडो थाम्ने जिम्मा छोरा हरिरामको काँधमा आयो । बुबा जीवित हुँदा शिक्षण पेसासँगै माछापालन सघाइरहेका उनी बुबाको निधनपछि भने शिक्षण पेसा छाडेर पूर्ण रुपमा माछापालनमा सक्रिय छन् ।
माछापालनबाट वार्षिक ३० लाख आम्दानी गर्ने गरिरहेका हरिराम सुनाउँछन् । धान गहुँखेतीभन्दा पनि माछापालनमा राम्रो आम्दानी छ, उनले भने, माछाको संख्याअनुसार आम्दानी हुन्छ । मैले वार्षिक ३० लाखसम्म आम्दानी गर्ने गरेको छु ।
एक माछा एक किलाग्रम तौलको हुनको लागि एकदेखि साव किलोग्रमसम्म दाना खपत हुने गरको छ । दश विघा जमिनमा रहेको पाखरीमा गरिएको माछापालनाबाट वार्षिक सात-आठ सय क्विन्टल माछा उत्पादन सहुने गरेको हरिराम बताउँछन् ।
माछा स्थानीय बजारमै बिक्री गर्ने गरिन्छ । माछाको भुरा र दाना भारतबाट ल्याउने गरेको उनको भनाइ छ । हरिरामले स्थानीय दुई जनालाई माछापोखरीमा रोजगारी पनि दिएका छन् ।
नेपालमा गुणस्तरीय भुरा र दाना नपाइने हुनाले महँगो मूल्यमा भारतबाट ल्याउनुपर्ने बाध्यता छ । नेपाली बजारमा आउने भारतीय माछाका कारण पनि समस्या हुने गरेको उनले बताए ।
हरिरामले माछापालनकै आम्दानीले छोराछोरीलाई पढाउन सहयोग मिलेको छ । उनकी छोरी हाल चिकित्सा शिक्षा पढिरहेकी छन् । छोरी भूमिका कोहलपुर मेडिकल कलेजमा एमबीबीएसको अन्तिम वर्षमा अध्ययरत छिन् । छोरा काठमाडौँमा आर्टिफिसियल इन्टेलिजेसन (एआई) अध्ययन गरिरहेका छन् ।
‘शिक्षण र माछापालनतिरै व्यस्त हुँदा सरकारी जागिरका लागि तयारी गर्नतर्फ लागिएन । तयारी गरेको भए सरकारी जागिरे भइन्थ्यो होला, पछि उमेर पनि पुग्यो । अहिले माछापालनबाट पनि राम्रै भएको छ’ हरिरामले भने, ‘सरकारी जागिरे नहुँदा पनि केही छैन । माछापालनले सन्तुष्टि दिलाएको छ ।’