काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई पुनः पक्राउ परेका छन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीबारे विवादास्पद विवरण सार्वजनिक गरेका प्रसाई पक्राउ परेका हुन् ।
नेपाल प्रहरकिो केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले उनलाई भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो ।
सीआईबीका एक अधिकारीका अनुसार प्रधानमन्त्री ओलीबारे फेक भिडियो र डकुमेन्ट सार्वजनिक गरेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
प्रसाईंले केही युट्युबर भेला पारेर प्रधानमन्त्री ओलीले कम्बोडियामा अर्बौँ लगानी गरेको भन्दै ‘फेक सामग्रीसहितको विवरण’ सार्वजनिक गरेको सीआईबीका एक अधिकारीले बताए ।
प्रसाईंले ओलीको लगानी रहेको जिकिरसहित सोमबार मात्रै फेसबुकमासमेत केही विवरण सार्वजनिक गरेका थिए । उनले ‘केपी ओलीको कम्बोडियामा लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र’ शीर्षकमा एउटा भिडियो पनि फेसबुक वालमा हालेका थिए ।