दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालत लगिँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई म्याद थपका लागि प्रहरीले आज काठमाडौं जिल्ला अदालतमा पेश गर्दैछ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (साीआईबी) ले प्रसाईलाई हिजो साइबर अपराधको कसुरमा भक्तपुरस्थित निवासबाछ प्रकाउ गरको थियो ।

मेडिकल परीक्षण र आवश्यक प्रमाण जुटाउने क्रममा मंगलबार समय लागेकाले उनलाई आज अदालतमा पेस गर्न लागिएको हो ।

सीआईबीले प्रसाईंलाई पक्राउपछि नेपाल प्रहरीको साइबर ब्युरो भोटाहिटीमा राखेको छ । प्रसाईंमाथि सुरुमा साइबर अपराधमा अनुसन्धान हुनेछ ।

प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियाको टेलिकममा ३३ अर्ब लगानी रहेको दाबी गर्दै प्रचार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्