पोखरा । सकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धामा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेसहित चारैजनालाई जिल्ला अदालत कास्कीले थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई र व्यवसायी रामबहादुर खनाललाई पनि थप १५ दिन हिरासतमा राखेर अनुसन्धानको अनुमति मिलेको श्रेस्तेदार राजन खनालले बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका चारै जनालाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । उनीहरूलाई आइतबार बिहान १० बजे अदालत लगिएको थियो ।
गत कात्तिक २ गते शुक्रबार काठमाडौंको चमतीस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछाने कात्तिक ३ यता कास्की प्रहरीको हिरासतमा छन् ।