![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2024/11/kp-sharma-oli.jpg?fit=720%2C437&ssl=1)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता नहुने बताएका छन् ।
आज पूर्वप्रधानमन्त्री र पूर्वपराष्ट्रमन्त्रीहरुसँगको छलफलमा ओलीले ऋणसँग सम्बन्धी सम्झौता नहुने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि चीनको औपचारिक भ्रमण गर्दै छन् । चीन भ्रमणका एजेण्डाबारे उनले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरुसँग सिंहदरबारमा संयुक्त छलफल गरेका थिए ।
छलफलको क्रममा प्रधानमन्त्री ओलीले बीआरआईको ऋणको पासोमा पर्न खोजेको भन्ने हल्ला सत्य नभएको बताए । छलफलमा ओलीले, ‘हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौं । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन ।’ उनले चीन भ्रमणका एजेण्डाको विषयमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच विवाद छ भनेर भ्रम फिजाइएको बताए ।