एजेन्सी । स्टार जोडी नागा चैतन्य र शोभिता धुलिपला छिट्टै नै विवाह बन्धनमा बाधिने भएका छन् । यो कपलले डिसेम्बर ४ मा सात परिक्रमा गर्नेछन्।
नागा चैतन्यले एक मिडियामा अन्तर्वाता दिँदै आफू कति उत्साहित रहेको बताएका थिए । शोभिताको बारेमा कुरा गर्दै उनले भनेका थिए कि म उनीसँग धेरै गहिरोसँग जोडिएको छु ।
शोभिता-नागाको विवाह धेरै परम्परागत र रीति-रिवाजले भरिएको छ भने धूमधाम र प्रदर्शनबाट भने टाढा छ। साँस्कृतिक तरिकाले बिवाह गर्ने बताएको छ ।
स्रोतका अनुसार, विवाहको दिन शोभिता रियल सुनको जरीले सजिएको परम्परागत काञ्जीवरम रेशमी साडीमा सजिएको देखिनेछिन् ।
शोभिता हरेक साना-ठूला कुरामा व्यक्तिगत रूपमा संलग्न हुन्छिन् । शोभिताको विवाहको तयारीले उनको तेलुगु सम्पदासँग गहिरो सम्बन्ध झल्काउँछ। र परम्पराप्रति उनीहरूको झुकाव पनि देखाउँछ ।
उनीहरुको विवाहको कार्डको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको थियो । कार्डमा उनको परिवारका सदस्यको नाम र मिति पनि लेखिएको थियो ।