काठमाडौं । एसिसी यू-१९ एसिया कप खेल्न यूएई जाने नेपाली टोलीलाई मंगलबार बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाली टोलीलाई बिदाइ गरेको हो ।
एसिसी यू–१९ एसिया कप शुक्रबारदेखि सुरु हुने छ । क्यानले हेमन्त धामीको कप्तानीमा अन्तिम टोली घोषणा गरिसकेको छ ।
एसिया कप मंसिर १४ देखि २३ गतेसम्म यूएईमा हुँदैछ । नेपाल रहेको समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।
नेपालले मंसिर १४ गते श्रीलंकासँगै खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । मंसिर १६ मा बंगलादेश र १८ गते अफगानिस्तानसँग खेल्नेछ ।