डोटी । डोटीमा स्थानीय तह उपनिर्वाचनका लागि कर्मचारीलाई मतदान केन्द्रमा पठाइएको छ ।
मतदान केन्द्रमा एकजना मतदान अधिकृत, १ जना सहायक कर्मचारी र १ जना सहयोगी गरी ५ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत रुद्रमणि गिरीले बताए ।
उनका अनुसार मतदानमा खटिनका लागि १ हजार ५९३ मतदाता कर्मचारीलाई चुनावका सामग्री पठाइएको छ ।
यसका साथै मतदान हुने दिन सशस्त्र र नेपाल प्रहरी गरी करिब एकसय जना गरी सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
डोटीको पूर्वीचौकी गाउँपालिका-६ को वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । वडाध्यक्षका लागि नेपाली कांग्रेसबाट उम्मेदवार मोहन थापा, नेकपा एमालेबाट देवहादुर थापा, माओवादीबाट देवीलाल थापा र रास्वपाका जानकी खड्का कुँवर भिड्दैछन् ।