लायन्स क्लब अफ काठमाडौंले आयोजना गरेको मधुमेह परिक्षण र न्यानो कपडा बितरण कार्यक्रम सम्पन्न



काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आई अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौं पिस आईडियलले मधुमेह परिक्षण र न्यानो कपडा बितरण कार्यक्रम काठमाडौ स्थित बाल उद्धार माबीमा सम्पन्न भएको छ ।

लायन्स क्लब इन्टरनेसनको बार्शिक क्यालेन्डर अनुसार नोभेम्बर महिनामा लायन्स क्लबहरुले मधुमेह परिक्षणको महिनाको रुपमा मनाउने गर्दछन । त्यसै अनुरुप लायन्स क्लब अफ काठमाडौ पिस आइडियलले बाल उद्धार माबी का १५० जना शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई परिक्षण गराएको हो ।

बाल उद्धार माबिमा अध्यन गर्ने अति आवस्यक २० जना बालबालिकाहरुलाई न्यानो कपडा तथा स्टेसनरीका सामाग्री समेत बितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ आई का गर्भनर लायन बिनोद ढुंगानाले लायन्स क्लब अफ काठमाडौं पिस आइडियलले मधुमेह परिक्षण सफलतापूर्वक सम्पन्न गरेकोमा विशेष धन्यवाद दिए। यो क्लबले यस किसिमको कार्यक्रम आयोजनामा नेतृत्व गरेको देखेर गर्व लागेको उनले बताए। साथै बालबालिकाहरुलाई प्रेरणादायी मन्तव्य समेत प्रस्तुत गरे ।

कार्यक्रममा पहिलो भिडिजि लायन पार्बती खरेल पाण्डे, डिष्ट्रिक्ट सेक्रेटेरियट एडमिनिस्ट्रेटर लायन महेश पाण्डे, बाल उद्धार माबिका बिब्यस अध्यक्ष धुर्ब प्रसाद घिमिरे, क्लस्टर प्रमुख लायन अनिता थापा , जोन चियरपर्सन लायन तुलसा गौतम, लायन्स क्लब अफ काठमाडौं परोपकारका अध्यक्ष लायन नवराज पाण्डे, लायन्स क्लब अफ काठमाडौं पिस वर्ल्डका संस्थापक अध्यक्ष लायन कपुर श्रेष्ठ, पिस वर्ल्ड क्लबका अध्यक्ष लायन रामहरी श्रेष्ठ लगायतका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता लायन शिव श्रेष्ठले गरेका थिए भने कार्यक्रमको संयोजन लायन सुबिन चालिसेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्