काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको अवस्था पूरा गर्नका लागि एउटा नयाँ आन्दोलनको आवश्यकता भएको बताएका छन् ।
बिहीबार कीर्तिपुर नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले आफू पुनः आन्दोलन गरेरै जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावरण निर्माणका लागि खटिरहेको बताए।
‘राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था परिवर्तनका लागि नयाँ संकल्प, एउटा नयाँ अभियान र एउटा नयाँ आन्दोलन आवश्यक छ । हामी थाक्न हुने स्थिति छैन,’ प्रचण्डले अघि भनेका छन्, ‘म थाकेको छैन । फेरि आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावारण बनाउन मैले रातदिन देशभरी खटिरहेको छु ।’
साथै, उनले आगामी १६ मंसिरमा हुने उपनिर्वाचन सामान्य कुरा मात्रै नभएको उल्लेख गरे।