काठमाडौं–१६ मा उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरे मतदान



काठमाडौं । काठमाडौं महानगरपालिका १६ को वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् ।

उनले वडा नम्बर १६ स्थित युवा माध्यमिक विद्यालय पाकनाजोलस्थित केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

वडा नम्बर १६ मा १८ जना उम्मेदवार कायम भएको छन् । निर्वाचन आयोगका अनुसार वडा नम्बर १६ मा १८ उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १० स्वतन्त्र छन् ।

प्रतिक्रिया दिनुहोस्