राष्ट्रवादी दल र शक्तिहरुलाई एकतावद्ध हुन कमल थापाको आह्वान



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रवादी दल र शक्तिहरुलाई एकतावद्ध हुन आह्वान गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले जनताले अहिले बिकल्प खोजिरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरु एकतावद्ध हुनुपर्ने भन्दै एकताका लागि आह्वान गरेका हुन् ।

उनले बिगतका त्रुटी कमजोरीहरुबाट पाठ सिकेर नयाँ ढंगले बलियो बैचारिक राष्ट्रवादी प्रजातान्त्रीक शक्ति निर्माण गर्नुपर्ने धारणा राखे ।

राष्ट्रवादी भन्ने दलहरुले आत्मसमिक्षा गर्नुपर्ने उनले बताए। उनले कांग्रेस–एमालेको विरुद्धमा जनता उत्रिएको देखिएपनि उनीहरुकै पक्षमा मत दिन जनता बाध्य भएकाले नयाँ शक्ति आवश्यक रहेको उल्लेख गरे । एकताको पूर्वसर्त आत्मियता भएकाले विगतमा भएका कमजोरीलाई दोहराएर एकता हुन नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्