काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार निम्न विषयमा सहमति समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
-टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान
-नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र
-नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान
-फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल
-विकास योजना सम्बन्धी समझदारी पत्र
-आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
-नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान
-स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र
-नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र