के तपाई पनि चाहिने भन्दा बढी सोच्नुहुन्छ ? हुनसक्छ यस्तो समस्या !



काठमाडौं । के तपाई पनि धेरै सोच्नुहुन्छ ? यदि सोच्नु हुन्छ भने, अवदेखि बढी सोच्न बन्द गर्नुहोस्, हाम्रो बढी सोच्ने बानीले हाम्रो स्वास्थ्य जिवनमा धेरै नै असर पार्दछ । हाम्रो जिवनयापनले पनि हाम्रो सोचाईमा फरक पार्दछ । आउनुहोस् थोरै चर्चा गरौं हाम्रो धेरै सोच्ने बानीले हाम्रो स्वास्थ्यमा कस्ते असर पार्छ भनेर ।

इम्युनिटीमा प्रभाव
तनावग्रस्त हुँदा कोहि बिरामी नै हुन्छन् । किनकी तनावमा कोर्टिसोल नामक तनाव हार्मोन निस्कन्छ । तनावले शरीरमा कोर्टिसोल हार्मोनको रिलिज गर्छ । कोर्टिसोल हार्मोन बढेमा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुनसक्छ ।

हर्मोन असन्तुलन
दिमाग नकारात्मक विचारमा केन्द्रित भै रहँदा हर्मोनको सन्तुलन विग्रिन्छ । रगतमा कोर्टिसोल बढ्छ । शरीरमा उत्पादन हुने खुसीको हर्मोन पनि प्रभावित भइ निराश, दुखी र उदासी भावना हावी हुन्छ ।

मुटु स्वास्थ्यमा प्रभावित
धेरै सोचाइ र चिन्ताले मुटुको स्वास्थ्यलाई जोखिममा पार्न सक्छ । अति सोच्ने बानी बढ्दै गएपछि रगतमा एड्रेनालाइन हार्मोनको मात्रा बढेर मुटुको दर र रक्तचाप बडाउँछ । जसकारण रगतमा ब्लड सुगरको समस्या बढ्ने जोखिम हुनसक्छ ।

पाचन प्रणाली खराब
तनावपूर्ण विचारले स्नायु प्रणालीलाई उत्तेजित पारी पाचनप्रणालीमा रक्तसञ्चार कम हुन्छ, जसले पाचननली खुम्चिन्छ । पाचनरसको उत्पादनलाई घटाइदिन्छ । जसकारण आन्द्रमा समस्या, इरिटेवल बाउल सिन्ड्रोम र ग्याष्ट्रिक, ग्यास र कब्जियत हुनसक्छ ।

मानसिक स्वास्थ्यमा प्रभाव
एकै कुरालाई लिएर अत्याधिक सोच्ने क्रममा नरात्मक भावनामा लगातार ध्यान केन्द्रित हुन्छ , जसले दिमागको सन्तुलनलाई बिगार्छ । जसले चिन्ता, डिप्रेसन र अन्य मानसिक समस्याबाट ग्रस्त हुने सम्भावना बढ्छ ।

निन्द्रामा समस्या
मनमा अनेक भावना र विचारको द्धन्द्धले मन शान्त हुँदैंन । मनमा शान्त नहुँदा निन्द्रा विथोलिन्छ । भावनालाई नियन्त्रण गरिएन भने निन्द्रा कम आउने र निन्द्रा लागिहाले पनि ब्युँझिने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्