काठमाडौं । नेपाली बजारमा साताको चौथो कारोबार दिन आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोलामा ५० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।