काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसिरहेको हो ।
बैठकमा स्थानीय तह उपनिर्वाचनको समीक्षा, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, राजनीतिलगायत विषयमा छलफल केन्द्रित रहेको छ ।
यस्तै, भ्रातृ संगठन अखिल क्रान्तिकारीको स्थगित २३औँ राष्ट्रिय सम्मेलनको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।