काठमाडौं । दक्षिण कोरियाका रक्षामन्त्री किम योङ्ग ह्युनले राजीनामा दिएका छन् । उनका राजीनामा राष्ट्रपति युन सुक—योलले स्वीकृत पनि गरिसकेका छन् ।
राष्ट्रपति युन सुक योलले सैनिक शासन लागु गर्ने निर्णय ६ घण्टामै फिर्ता लिएका र उनीविरुद्ध विपक्षीले महाअभियोग प्रस्ताव अघि बढाएपछि रक्षामन्त्री ह्युनले राजीनामा दिएका हुन् ।