काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा पुगेका प्रधानमन्त्री ओलीलाई चन्द्रगढी विमानस्थलमा कोशी प्रदेशका पूर्वमुखयमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गरेका छन् ।
प्रधानमन्त्रीले आज मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रुपमा स्थापना गरिएको मानवसेवा आश्रम र दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
चिनियाँ निर्माण कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम कम्पनीले २ अर्ब रुपैयाँको लागतमा टावर आकारको १८ तले व्यावसायिक कम्प्लेक्स निर्माण भएको हो ।