नेसनल युनाइटेड स्कुलमा रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौं । बूढानीलकण्ठ-८ गणेचोकस्थित नेसनल युनाइटेड स्कुल र लायन्स क्लब अफ काठमाडौं मिड टाउनको संयुक्त आयोजना तथा सेरिन नेटवर्क बूढानीलकण्ठको सहयोगमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेसनल युनाइटेड स्कुलले २५ औं वर्ष प्रवेशको सुअवसरमा पाँच वटा समूहहरु (शैक्षिक गतिविधिहरु, स्वास्थ्य तथा खेलकुद गतिविधिहरु)मा विभाजन गरि वर्ष भरिमा आयोजना गर्ने २५ वटा कार्यक्रममहरु मध्ये स्वास्थ्य तथा समुदायमा आधारित कायैक्रम अन्तर्गत रहेर लायन्स क्लब र सेरिन नेटवर्कसँगको सहकार्यमा आयोजना गरिएको छ ।

रक्तदान कार्यक्रममा ‘रक्तदान – जीवनदान’ भन्ने मूल मर्मलाई आत्मसात गर्दै ४४ जनाले रक्तदान गरेका थिए । रक्त संकलन कार्य नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला कमिटीले गरेको विद्यालयले जनाएको छ।

कार्यक्रममा नेसनल युनाइटेड स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् सह-प्राध्यापक रेवती प्रसाद दाहाल, विद्यालयका संस्थापक जेबी हमाल, लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डे, सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर लायन सुर्य कुमार के.सी लगायत थुप्रै लायन नेतृत्वगण, बुढानीलकण्ठ नगरपालिका अन्तर्गतकाविभिन्न वडाका जनप्रतिनिधिहरु र समाजसेवीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्