बूढानीलकण्ठ नगरपालिकाले संस्थागत विद्यालयहरुको अनुगमन शुरु गर्ने



बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिकाले यो वर्ष संस्थागत विद्यालयहरुको अनुगमन शुरु गर्ने भएको छ ।

यहि २०८१ सालको पौष महिना देखि नै अनुगमन एवम् निरीक्षण प्रक्रिया शुरु गर्ने बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले घोषणा गरेका छन्।

आज जनउद्दार माध्यमिक विद्यालय बूढानीलकण्ठ-१३ द्वारा आयोजित अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले अघिल्लो बर्ष शैक्षिक सत्रको अन्त्यतिर ढिलो गरि अनुगमन गर्दा संस्थागत विद्यालयहरुलाई असर परेको गुनासो आएपछि यो बर्ष छिट्टै अनुगमनको प्रक्रिया शुरु गर्न लागिएको उनको भनाइ छ ।

गत बर्ष संस्थागत विद्यालयहरुको अनुगमनको क्रममा बिभिन्न विद्यालयमा शिलबन्दी समेत गर्नुपरेको थियो भने संस्थागत विद्यालयहरु र नगरपालिका शिक्षा महाशाखाबीच बिबाद समेत उत्पन्न हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्