वीरगञ्ज । सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले चितवनमा जस्तै मंगलबार पर्सामा पनि प्रदर्शन गरेका छन् ।
सरकारी वकिल कार्यालय वीरगञ्जमा लामिछानेको बयान भइरहँदा उनका समर्थकहरूले मंगलबार प्रदर्शन गरेका हुन् ।
उनीहरूले राजनीतिक प्रतिशोधविरुद्धको सशक्त आन्दोलन भन्दै प्रदर्शनसहित विरोध जुलुस निकालेका छन् ।
प्रदर्शनमा सहभागीहरूले रवि लामिछानेलाई न्याय दे, जनता झुक्क्याउन पाइँदैन, राजनीति प्रतिशोध बन्द गर लगायतका प्लेकार्ड बोकेका थिए ।
पर्सास्थित हाम्रो सानोपाइला सहकारीको रकम अपचलनका विषयमा बयान लिन लामिछानेलाई सोमबार नै पोखराबाट काठमाडौं हुँदै जहाजमा लगिएको हो।