कसैले सराप्दैमा वर्तमान सरकार ढल्दैन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहँदैमा, सराप्दैमा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर बनेको वर्तमान सरकार नढल्ने स्पष्ट पारेका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

मुलुकमा अस्थिरता चाहनेले सरकार ढल्ने कल्पना गरेको भन्दै कसैले चाहेर वर्तमान सरकार नढल्ने पनि उनले जिकिर गरे ।

ओलीले भ्रष्टाचारले सीमा नाघेको, राजनीतिक नृत्य गरेको देख्न नसकेपछि कांग्रेस र एमाले मिलेको बताए ।

‘हेर्दा हेर्दै भ्रष्टाचारको कुनै सीमा रहेन । जनताले भन्न थाले, एमाले र कांग्रेस जस्ता पार्टी हुँदा हुँदै यी कसका नाच हुन् ? अरु कलाकार बनेर धुमाधाम नाच्न थालेका थिए । त्यसपछि हामीले त्यसलाई सच्याउनुपर्छ भनेर मिलेका हौँ । दुई दलले देशमा स्थिरता कायम गरेर सुशासन र विकास फर्काउन लागेका छन् ।’

प्रतिक्रिया दिनुहोस्