काठमाडौं । चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा बुधबार चाबहिल स्पोर्ट्स क्लब ‘बी’ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
चाबहिल ‘बी’ ले ५० प्लस भेट्रान कैलालीलाई ४–२ गोलले पराजित ग¥यो । विजेताका भगवान थापाले ह्याट्रिक गरे भने चन्द्र गुरुङले १ गोल गरे । कैलालीका राजेश लेप्चाले २ गोल गरे ।
अन्य खेलमा फ्रिडम फाइटर क्लब ‘बी’, जोरपाटी एफसी र बौद्ध भेट्रान पनि क्वाटरफाइनलमा पुगे । फ्रिडमले जंगवीर युनाइटेडलाई ३–१ गोलले हरायो । फ्रिडमका नीलेन्द्र देवानले २ तथा राजु तामाङले १ गोल गरे । जंगवीरका सुवास कार्कीले सान्त्वना गोल गरे ।
जोरपाटीले ताकामीलाई ४–० गोलले पाखा लगायो । नितिन गुरुङले २ तथा गौतम लामा र ओमन मोक्तानले समान १–१ गोल गरे । बौद्धले चाबहिल ‘ए’ लाई ३–० गोलले पन्छायो । विजयी टिमका लागि सञ्जय लामा र अमिर लामाले समान १–१ गोल गरे । बाँकी गोल आत्माघाती थियो ।