काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.९१ अंकले बढेको छ । नेप्से १.११ प्रतिशतले बढेर २६१२.२० बिन्दुमा पुगेको छ ।
आज नेप्से बढ्दा ४ अर्ब ४३ करोड २४ हजार रुपैयाँ बराबरको कारोबारको ८९ लाख ८ हजार ८५१ कित्ता शेयर कारोबार भएको छ ।
आज १९४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य स्थिर छ । आज ३२८ वटा कम्पनी कारोबारमा आउँदा ५५ हजार ९३८ पटक शेयर किनबेच भएको छ ।
आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मानुषी लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
सोमबार १३ समूहमध्ये म्युचुअल फण्डबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज म्युचुअल फण्ड ४.२१ प्रतिशतले घटेर २०.३३ बिन्दुमा पुगेको छ ।
आज सबैभन्दा बढी हाइड्रोपावर समूह २.६५ प्रतिशतले बढेर ३ हजार ५१५.४२ बिन्दुमा पुगेको छ । आज सबैभन्दा कम निर्जीवन बीमा कम्पनी ०.११ प्रतिशतले बढेर १२ हजार ४२६.५८ बिन्दुमा पुगेको छ ।