काठमाडौं । चिसङ्खुगढी–८, ओखलढुंगाको पारिजात आधारभूत विद्यालयमा २०८१ मंसिर ११ गते भव्य रूपमा ून्यानो कपडा, खेलकुद सामाग्री तथा संगीत साधन वितरण कार्यक्रम – २०२४ू सम्पन्न भएको छ । लायन्स क्लब अफ काठमाडौं पिस वर्ल्ड र लायन्स क्लब अफ काठमाडौं पिस आइडियलको आयोजनामा तथा आइजिआई प्रुडेन्सियल कम्पनी लिमिटेडको प्रायोजनमा सम्पन्न यो कार्यक्रम विद्यालय र विद्यार्थीहरूको शैक्षिक र सांस्कृतिक विकासका लागि महत्वपूर्ण रहेको बताइएको छ।
कार्यक्रमको प्रमुख अतिथि लायन्स क्लब अफ काठमाडौंका अध्यक्ष रामहरी श्रेष्ठले सामाजिक उत्तरदायित्वको महत्व औंल्याउँदै यस्ता सहयोगात्मक क्रियाकलापले ग्रामीण क्षेत्रका विद्यालय र विद्यार्थीहरूको प्रगति र उत्प्रेरणामा ठूलो योगदान पुर्याउने धारणा व्यक्त गरे। विशेष अतिथि लायन्स क्लब अफ काठमाडौं पिस आइडियलका चार्टर अध्यक्ष शिव श्रेष्ठले क्लबहरूको सहकार्यले समुदायमा सकारात्मक प्रभाव पारेको उल्लेख गरे।
कार्यक्रम संयोजक सुबिन चालिसेले कार्यक्रममा सहभागी अतिथि, प्रायोजक, तथा सहयोगीहरूप्रति कृतज्ञता व्यक्त गर्दै विद्यालयलाई अझ सशक्त बनाउन यस्ता कार्यक्रमले थप प्रेरणा दिने बताए। कार्यक्रम सभापति तथा वि।व्या।स।अध्यक्ष राम कुमार राईले समुदाय र संस्थाहरूको सहयोगप्रति धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति (नृत्य, गायन आदि) प्रदर्शन गरे। यसले दर्शकहरूको मन जित्दै विद्यालयका प्रतिभाहरूको उत्साहलाई उजागर गरेको थियो।
१३३ थान न्यानो कपडा खेलकुद सामाग्री (भलिबल, भलिबल नेट अन्य खेलकुद उपकरण) संगीत साधन (पिटि ड्रम, मादल, हारमोनियम, मुरली, बासुरी) जस्ता सामग्रीहरू बितरण गरिएको थियो ।
कार्यक्रमले विद्यालयका १३३ विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभ पु¥याएको छ। अभिभावक र स्थानीय व्यक्तिहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझ विशेष बनाएको थियो।
कार्यक्रममा प्रमुख अतिथिः रामहरी श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौं पिस वर्ल्ड अध्यक्ष विशेष अतिथिः शिव श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौं पिस आइडियल चार्टर अध्यक्ष अतिथिः रामचन्द्र पराजुली, लायन्स क्लब अफ काठमाडौं पिस वर्ल्ड डाइरेक्टर अन्य अतिथिहरूः शिक्षक अभिभावक संघका अध्यक्ष शेर ब राई आइजिआई प्रुडेन्सियल कम्पनी लिमिटेड प्रतिनिधि खुराहरी दहाल जग्गादाता गडुल ध्वज राई, गाउपालिका शिक्षा साखा प्रमुख लेखनाथ धमलाको उपस्थिती रहेको थियो ।
यस कार्यक्रमले शिक्षा, खेलकुद, र सांस्कृतिक विकासमा लायन्स क्लबहरूले खेल्ने भूमिकालाई थप प्रभावकारी बनाएको छ।