आलोकनगरमा माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वामदेव गौतमले भेटेका छन् ।

अध्यक्ष नेपाललाई भेट्न गौतम एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेका थिए । भेटवार्तामा पार्टी एकताबारे छलफल भएको नेताहरूले बताएका छन् ।

नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी चलिरहेको छ । जसका लागि दुवै तर्फका नेताहरू रहेको वार्ता समिति गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्