पार्टीभित्र मौलाएको व्यक्तिवादी अराजकताले नेतृत्वलाई अप्ठ्यारो पार्यो : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र चरम व्यक्तिवादी अराजकता मौलाएको बताएका छन् ।

माओवादी केन्द्रको आइतबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकको उद्घाटन सत्रमा बोल्दै प्रचण्डले पार्टीभित्र मौलाएको चरम व्यक्तिवादी अराजकताले पार्टी नेतृत्वलाई अप्ठ्यारो परिरहेको बताएका छन् ।

‘हाम्रा चपाउने दाँत एउटा र देखाउने अर्कै छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘चन्दा र कमिशनमा रमाउने नेता कार्यकर्तालाई उत्पादन र श्रममा फर्काउनुको विकल्प छैन ।’

पार्टीको वर्ग चरित्रको प्रश्न जटिल भएकोले सच्चिने र सच्याउने गरी कार्ययोजना बनाएर जानुपर्ने उनले बताए । केन्द्रीय समितिको उद्घाटन गर्दै प्रचण्डले आइतबार पार्टी महाधिवेशनको मिति तोकेर त्यहाँ विचार संश्लेषण गरेर जाने भनेका छन् । उनले माघसम्ममा सबै स्थानीय सम्मेलन गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्