काठमाडौं । सोमबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४९.१२ अंक बढेसँगै २६४० अंकमा पुगेको छ ।
परिसूचकसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३० करोडको भयो ।
२२६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने ४ को स्थिर रह्यो । सबै सेक्टरका सूचक बढे । बैंकिङ १.०९, विकास बैंक २.४६, फाइनान्स १.१९, होटल तथा पर्यटन २.९९, हाइड्रोपावर ३.५५, लगानी ३.२३, जीवन बीमा २.२९, उत्पादन १.८९, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा १.०४, अन्य १.७६ र व्यापार ०.४६ प्रतिशत बढे ।
आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । सुपरमादी हाइड्रोको ९.७, साहस ऊर्जाको ८.७१, मायाखोला हाइड्रोपावरको ८.५९, सप्तकोशी विकास बैंकको ८.२५, खानीखोला हाइड्रोको ८.१६, दोल्ती पावरको ७.८५ तथा स्वेतगंगा हाइड्रोको ७.६६ प्रतिशत मूल्य बढ्यो ।