रायोको सागमा भेटियो विषादी



काठमाडौं । रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

भक्तपुरबाट ल्याइएर कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा ९९.३८०९ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार कालीमाटी तरकारी बजारस्थित पसल नम्बर ५५४ मा चेतनाथ सिलवालले बिक्रीका लागि राखेको रायोको साग परीक्षण गर्दा उक्त विषादीको मात्रा बढी भएको पाइएको हो । बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्