आयोजक कुसुन्तीको विजयी सुरुआत



काठमाडौं । आयोजक श्री कुसुन्ती युवा क्लब ‘ए’ ले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता सोमबार विजयी सुरुआत गरेको छ । जावलाखेल मैदानमा कुसुन्तीले बीबीसी सिंगापुर भेट्रानलाई १–० गोलले पराजित ग¥यो ।

अन्य खेलमा फ्रिडम ‘ए’ ले सइबु भेट्रानलाई ५–०, फ्रिडम ‘बी’ ले टासी एन्ड फ्रेन्ड्स भेट्रानलाई १–० र आईयुएफसी भेट्रानले केभीसी ३२ लाई ३–० गोलले हराए ।

प्रतियोगिताको अर्को आयोजक ललितपुर महानगरपालिका वडा १३ का अध्यक्ष गणेश केसीले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतियोगितामा ३० टिम सहभागी । विजेताले २ लाख तथा उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र ‘म्यान अफ द सिरिज’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

एट ए साइड प्रतियोगितामा सहभागी टिमले ४० वर्षमाथिका ४, ४५ वर्षमाथिका ३ र ५० वर्षमाथिका १ खेलाडी सामेल गर्नु पर्ने छ । फाइनल पुस २९ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्