काठमाडौं । जापानी साहित्यबाट आएको हाइकु नेपालमा आएपछि तीन दशकदेखि नेपाली साहित्यमा छोटो कविता शैली हाइकु नेपालमा प्रचलित भएको छ ।
हाइकु नेपाल र नेपालीको निमित्त विशेष साहित्य बनेको छ यही साहित्यको कृति वरिष्ठ साहित्यकार एवं हाइकुकार प्रा.पुष्कर लोहनीबाट एक समारोहबीच खेलमैदान (हाइकु सङ्ग्रह) सार्वजनिक गरे । वरिष्ठ साहित्यकार, कवि, गीतकार एवं हाइकुकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेको उक्त पुस्तक ओएसनेपालबाट प्रकाशित भएको हो ।
कार्यक्रममा पुस्तक सार्वजनिक गर्दै प्रा.पुष्कर लोहनीले विक्रम सम्बत् २०५६ सालमा साहित्यकार सुरेन्द्र महर्जनलाई भेटेपछि आजसम्म पनि हाम्रो भेट हुँदै गरेको र आगामी आउने दिनमा मेरो र सुरेन्द्रको संयुक्त हाइकु सङ्ग्रह पनि प्रकाशित गर्ने सोच बनाएको छु ।
उहालाई साहित्य, कला र चित्रकारिताको शुभकामना दिए । कार्यक्रममा प्रकाशकको तर्फबाट विवेक कार्कीले करिब दुई दर्जन कृति ओएसनेपालबाट साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को कृतिहरू निरन्तर प्रकाशित गर्दै रहेकोे र आगामी दिनहरूमा पनि मौका मिलेको खण्डमा उनको कृति प्रकाशित गर्दै रहने जानकारी गराए ।
कार्यक्रममा राजेश बस्नेत, रामचन्द्र कोइराला, निमेश के.सि, अक्षय महर्जन र गायकरकलाकार चिरञ्जीवी भण्डारीले पुस्तकको बारेमा बोलेका थिए ।