एमाले केन्दीय बैठकले पारित गर्‍यो १४ बुँदे प्रस्ताव



काठमाडौं । प्रमुख सत्तारुढ नेकपा (एमाले)ले तीन दिनसम्म बसेको आठौं केन्द्रीय कमिटी बैठकबाट विभिन्न १४ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा मंगलबार सकिएको केन्द्रीय कमिटी बैठकले विभिन्न १४ प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

यो बैठकले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई पनि उसले गर्नुपर्ने कामबारे सुझाव दिएको छ ।

बैठकले सत्तारूढ दलहरूबीचको समझदारी सुदृढ बनाउन शुभकामना पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्