नेपाल तेक्वान्दो संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङविरुद्ध दायर गरेको अपहेलना सम्बन्धि मुद्दा खारेज भएको छ ।
तेक्वान्दो संघले गत जेठ २७ गते उच्च अदालत पाटनमा दायर गरेको मुद्दा बुधबार खारेज भएको हो । राष्ट्रिय तेक्वान्दो संघ नेपाल र नेपाल तेक्वान्दो संघ विघटन गरी तदर्थ समिति गठन गरेको भन्दै नेपाल तेक्वान्दो संघले अदालतको अपहेलना सम्बन्धी मुद्दा दर्ता गराएको थियो ।
तर, उच्च अदालत पाटनले बुधबार अपहेलना मुद्दा सम्बन्धमा दाबी नपुग्ने भन्दै खारेज गरिदिएको छ । त्यसअघि नेपाल तेक्वान्दो संघले नै जेठ १८ गते युवा तथा खेलकुद मन्त्रालयसहित आठ जनाविरुद्ध दायर गरेको उत्प्रेषण मुद्दामा भने रिट जारी भएको छ ।