रवि लामिछाने काठमाडौं अदालतमा भए उपस्थित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा बयानका लागि उनी आज
काठमाडौं अदालतमा उपस्थित भएका हुन् ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा गत बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

रिहा भए लगत्तै शुक्रबार जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी आज मात्रै अदालतमा उपस्थित भएका हुुन् ।

प्रतिक्रिया दिनुहोस्