रास्वपा प्रति बास्कोटाको कटाक्ष : न्याय मरेको छैन भन्थे, मुक्का बजारेपछि टाईसन भन्दा बलशाली रहेको प्रमाणित भयो



काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति कटाक्ष गरेका छन् ।

आज बिहान समामाजिक सञ्जाल फेसबुकमार्फत उनले रास्वपा कार्यकर्ताले हिजो काठमाडौं जिल्ला अदालत परिसरमा गरेको गतिविधिप्रति लक्षित गर्दै बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला भन्दै प्रश्न गरेका छन् ।

हिजो वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालतभित्रै रास्वपाका कार्यकर्ताले आक्रमण गरेका थिए। लामिछानेविरुद्धको थुनछेक बहस सकिएपछि बाहिरिने क्रममा त्रिपाठीमाथि आक्रमण भएको थियो।

बास्कोटाले लेखेका छन्– ‘न्याय मरेको छैन भन्थे, अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होइन माईक टाईसन भन्दा तीनगुणा बलशाली रहेको प्रमाणित भयो। अझै तीन परिसर चाहार्न बाँकी छ जस्तो छ ? कति कालाकोट धुजाधुजा हुने हुन् ? टेलर्स, मिडीया, मेडिकल, मस्म, मकै सबै चल्ने भए। बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला ?

प्रतिक्रिया दिनुहोस्