लिभिङ वर्ड र होली एन्जल्स ११ औं इसान कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
अत्तरखेलस्थित नेपालय पब्लिक स्कुलमा भएको सेमिफाइनलमा लिभिङ वर्डले माउन्ट एभरेष्ट तथा होली एन्जल्सले नेपालयलाई पराजित गरे । दुवै समान २–० गोलको अन्तरमा विजयी भए ।
संस्थागत विद्यालय संघ नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको गल्र्समा नेपालय र सुनौलो भविष्यले उपाधि भिडन्त पक्का गरे ।
नेपालयले लिभिङ वर्डलाई ३–१ तथा सुनौलो भविष्यले अल्माइटी मोडल स्कुललाई टाइब्रेकरमा ३–२ गोलले हराए । फाइनल शुक्रबार हुनेछ ।