स्याङ्जा । नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले संविधान संशोधन साना दल समाप्त पार्न नभएको प्रष्ट पारेका छन् ।
नेपाली काङ्ग्रेसको सय दिने बिशेष अभियानको आइतबार गल्याङमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहनुभएका सांसद गुरुङले नेपाली काङ्ग्रेस र एमाले बीच भएको संविधान संशोधन सहितको सातबुदे सहमति साना दलाललाई समाप्त पार्न नभई देशको आर्थिक उन्नतिको लागि भएको बताएका छन् । सभालाई सम्बोधन गर्दै उनले भने ‘ अहिलेको सत्ता गठबन्धन संविधान संशोधन लागि हो । कुनै दलाललाई पाखा लगाउन होइन ।’
२०८४ साल भित्र संविधान संशोधन हुने बताउदै उहाँले कानुनको अभावमा देशको अर्थतन्त्र धराशायी बनेको भन्दै संविधान संशोधन अति आवश्यक रहेको दोहोराए । काङ्ग्रेस र एमालेले लिएको यो जिम्मेवारी अरुले लिन नसक्ने भन्दै काङ्ग्रेस र एमाले बाट जिम्मेवारी गयो भने देश दुर्घटनामा फस्ने तर्फ संकेत गर्दै पुर्व मन्त्री गुरुङले कुनैपनी हालतमा सरकार नढल्ने बताए ।
पुर्व कानुन मन्त्री समेत रहनु भएका गुरुङले कानुनको अभावमा देश पछी परेको भन्दै अब सबै मिलेर आर्थिक अभियानमा जुट्न संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । नेपालीको भाग्य समेत कानुनले खोसेको दाबी गर्दै जडिबुटी,घरेलुु मदिरा र गाजा सम्बन्धि कानुन बनाउन सके नेपाल र नेपालीको आर्थिक समृद्धिको सपना पुरा हुनेमा उहाँको जोड दिए ।
सभालाई सम्बोधन गर्दै उनले २०८४ मा चुनावी गठबन्धन नहुने समेत प्रष्ट पारे । उनले भने ‘आम कार्यकर्ताहरु बाट गठबन्धन गर्न नहुने सुझाव आएको छ ढुक्क हुनुहोस् २०८४ को निर्वाचनमा कुनै पाटीसंग गठबन्धन हुँदैन । ‘ हारेपनी रुख चिन्ह मै भोट हालेर हार स्वीकार गर्न तयार रहेको बताउदै उहाँले ढुक्क भएर संगठन निर्माणमा लाग्न आम कार्यकर्तालाई आग्रह समेत गरे ।