नेपालमा पहिलोपटक ह्वीलचियर टेनिस



नेपालमा पहिलोपल्ट ह्विलचियर टेनिस खेलको प्रतियागिता सम्पन्न भएको छ । नेपाल ह्विलचियर टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको पुरुषमा प्रथम राम बहादुर तामाङले नगद पन्ध्र हजार, दोसो सागर पाण्डेले नगद दस हजार र तेस्रो खुम पाण्डेले नगद पाँच हजार नगदसहित ट्रफी हात पारे ।

महिलातर्फ प्रथम अनुकला राईले  १५ हजार, दोश्रो गंगा छन्त्यालले १० हजार र तेश्रो झरना रानाले ५ हजारसहति ट्रफी पाए ।
विजेतालाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य रामचन्द्र श्रेष्ठलगायतले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा आर्थिक सहयोग  गर्ने मध्यपुर थिमि नगरपालिका का प्रबक्ता कृष्णहरि आचार्यले आगामी दिनमा पनि यश संस्थालाई सहयोग गरी पारा राष्ट्रिय खेलाडी उत्पादनमा नगरपालिकाले सहयोग गर्ने बताउनु भयो ।

नेपाल टेनिस संघका सचिव मालिका राणाले टेनिस कोर्ट, शौचालयलगायतका पूर्वाधा अपांग मैत्री बनाउनका साथै  ह्विलचियर टेनिस पनि टेनिस संघको अंग हुने बताउनु  भयो ।

त्यसैगरी ह्विलचियर टेनिस संघका अध्यक्ष विकास थापाले अब हुने राष्ट्रिय पारा गेम सुर्खेत मै हुने जानकारी गराए । मन्त्री महर्जनले पारा खेलकुदले नेपालको सान बढाएकोले राज्यले अब पारा खेलकुदलाई पनि प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो । मन्त्री महर्जनले पारालिम्पियन पलेशा गोवर्धन, भरतसिंह महता, भिम कुमाल र पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामालाई सम्मान पत्र प्रदान गर्नुभयो ।

नेपाल ह्विलचियर टेनिस संघले प्रतियोगिता गर्नु अगाडि मध्यपुर थिमि नगरपालिकाको सहयोगमा १ महिने प्रशिक्षण सम्पन्न गरेको अध्यक्ष थापाले जानकारी दिनु भयो । प्रशिक्षणमा राखेपका टेनिस प्रशिक्षक सूर्यभूषण बज्राचार्य, मुख्य प्रशिक्षक रेणुदेवी कोण्डा र प्रशिक्षक चन्द्र शाहिले ४ महिला र ५ पुरुष खेलाडीलाई प्रशिक्षण गराउनु भएको ।

कार्यक्रममा राष्ट्रिय पारालिम्पिकका पधाधिकारीहरु उदय लिम्बू, ओमनाथ शिवाकोटी , विश्सवास बस्नेत, सरोज श्रेष्ठलगायतको उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस्