५२.३६ अंकले बढ्यो नेप्से परिसूचक



काठमाडौं । बुधबार सेयर बजार ५२.३६ अंक (२ प्रतिशत) बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६६५ अंकमा कायम भएको छ । बजार दिनभर हरियाली रह्यो । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

अघिल्लो दिन ६ अर्ब १९ करोडको कारोबार भएकोमा आज ९ अर्ब २० करोडको भयो । कुल १९६ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ९ को स्थिर रह्यो ।

सबै सेक्टरका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ४.२४ प्रतिशत बढ्यो । बैंकिङ १.३२, विकास बैंक २.७४, फाइनान्स ०.८९, होटल तथा पर्यटन २.७१, हाइड्रोपावर २.१२, लगानी ३.८२, जीवन बीमा १.८९, माइक्रोफाइनान्स १.०७, उत्पादन ०.०८, निर्जीवन बीमा १.००, व्यापार २.४५ प्रतिशत बढे ।

आज ‘हाइक्याप’ कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । धेरै मूल्य बढ्ने कम्पनीमा एचआईडीसीएल, निफ्रा, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्सजस्ता ‘हाइक्याप’ कम्पनी पनि अगाडि देखिएका छन् ।

दुई कम्पनी कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावरको मूल्य १० प्रतिशत बढ्यो । ग्रीन डेभलपमेन्टको ९.८, एचआईडीसीएलको ८.४, सुपरमादी हाइड्रोपावरको ८.२ प्रतिशत मूल्य बढ्यो ।

प्रतिक्रिया दिनुहोस्