काठमाडौ। पुजी निर्माणको आधार नहेरी खर्च गर्ने बानीले गर्दा देश अर्थतन्त्र संकटमा पर्दै गएको नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले बताउनु भएको छ ।
नेपाली काङ्ग्रेसको निति तथा योजना विभागको आयोजनामा बुधबार नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको नेपालमा वैदेशिक सहयोगको अर्थ(राजनीति बिषयकू संवाद गोष्ठी उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो ,”बिदेश बाट ऋण लिएर पुजी निर्माण नहुने ठाउँमा लगानी गरेपछि बिदेशी ऋणले थिच्दै गयो । “
वैदेशिक ऋणको सहि सदुपयोग नहुदा देशमा आर्थिक संकट छाएको उदाहरण दिदै ७ सय ५३ स्थानीयतहमा बनेको हस्पिटलको योजना खंडहर बनेको बताउनुभयो । उहाँले भन्नुभयो ,”७ सय ५३ स्थानीय तहमा हस्पिटलका भवन मात्रै बने नागरिकको उपचारको लागी डाक्टर छैनन् ।”
नेपाली काङ्ग्रेसका सभापति पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा महामन्त्री गगन थापा र बिश्वप्रकाश शर्मा, सहमहामन्त्री डिना उपाध्याय लगायतले मन्तव्य राख्नु भएको थियो