सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार लामो समय नटिक्ने बताएका छन् ।
सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले अवैध ढंगले सरकार जन्मिएकाले पनि यो सरकार धेरै लामो समयसम्म नजाने बताएका हुन् ।
प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले पछिल्ला दिन कांग्रेस–एमाले नेतृत्वको सरकार लामो समय नचल्ने बताउँदै आएका छन् ।
‘यो सरकारको जन्म नै अवैध ढंगले भएको छ,’ उनले भने, ‘सरकार लोकतान्त्रिक मान्यताविपरीत छ । संविधान र जनताको भावनाविपरीत छ । त्यसैले सुरुदेखि नै मैले भन्दै आएको छु यो धेरै लामो जानेवाला छैन ।’