१०.६१ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १०.६१ अंक घटेको छ ।

सो अंक घटेसँगै नेप्से २६३३ अंकमा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब १२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९२ करोडको भयो ।

१०६ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने ९ को स्थिर रह्यो । अघिल्लो दिनसम्म उच्च दरले घटेको फाइनान्समा यस दिन आकर्षण देखिएको छ । अघिल्लो दिन फाइनान्स सेक्टर ४.७६ प्रतिशत घटेकोमा आज सोमबार ३.४६ प्रतिशत बढेको छ ।

विगत लामो समयदेखि फाइनान्स कम्पनीहरूको मूल्य घटेका कारण यतिबेला सस्तो मूल्यमा आउँदा खरिद पक्ष बलियो देखिएको हो ।

फाइनान्सका अलवा विकास बैंक ०.७२, हाइड्रोपावर ०.३५, उत्पादन ०.६७, माइक्रोफाइनान्स ०.०४ प्रतिशत बढे । व्यापार १.८३, अन्य १.६६, निर्जीवन बीमा ०.६७, जीवन बीमा १.१०, लगानी ०.७७, होटल तथा पर्यटन ०.५१ तथा बैंकिङ ०.५५ प्रतिशत घटे ।

न्यादी हाइड्रोपावर, जानाकी फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै बोटलर्स नेपाल बालाजुको मूल्य ८.२ प्रतिशत बढ्यो।

प्रतिक्रिया दिनुहोस्