प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् ।

यो बैठक शुक्रबार अपरान्ह ५ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा पछिल्लो समय बढिरहेको राजावादी दल र समूहको गतिविधि, संविधान संशोधन तथा सदनमा प्रस्तुत गर्न लागिएका केही विद्येयकहरूबारे छलफल गर्ने तयारी छ ।

राजनीतिक संयन्त्रमा नेकपा(एमाले)बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्